दिल बिक्रम शाही,खलंगा

जेठ ५,जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका ६ मा नेपाली कांग्रेसको प्यानल बिजय भएको छ। वडा नं ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका धन बहादुर बुढा निर्वाचित भएका छन । ४०२ मत प्राप्त गरी बुढा वडाध्यक्षमा निर्वाचित भएका हुन ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका तुल बहादुर शाहीले २७७ र माओवादीका उदय बहादुर रोकाले ४८ मत प्राप्त गरेका हुन् । नेपालि कांग्रेसकि महिला सदस्य तारा थापाले ४०६ मत प्राप्त गरेर विजय हासिल गरेकी हुन् ।

दलित महिला सदस्य देबि बाठोले ४०९ मत ल्याएर निर्वाचित भएकी छन् । नेपाली कांग्रेसका खुल्ला सदस्यहरुमा इन्द्र बहादुर शाहीले ३९५ र यज्ञ बहादुर रोकाले ४२५ मत ल्याएर निर्वाचित भएका छन ।