बैशाख९, सल्यान :
नेकपा माओवादी केन्द्रले सल्यानका दश पालिका मध्ये ७ पालिकामा सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ। 

सदरमुकाम रहेको शारदा नगरपालिकामा प्रमोद श्रेष्ठ, बनगाड कुपिण्डे नगरपालिकामा कर्णबहादुर बुढाथोकी, कालिमाटी गाउँपालिकामा पुरुषोत्तम भट्टराई, कपुरकोट गाउँपालिकामा प्रकाश भण्डारीलाई प्रमुखको उम्मेद्‍वार बनाउन सिफारिस गरिएको माओवादी केन्द्र सल्यानले जनाएको छ। 

यस्तै सिद्ध कुमाख गाउँपालिकामा रामबहादुर बुढाथोकी, त्रिवेणी गाउँपालिकामा राजेन्द्र थापा, र दार्मा गाउँपालिकाकामा निमबहादुर केसीको नाम सर्वसम्मत सिफारिस भएको माओवादी केन्द्र सल्यानका संयोजक कृतिबहादुर पुनले बताए ।

पुनका अनुसार बागचौर नगरपालिकाबाट ६ जना, कुमाख गाउँपालिकाबाट ५ जनाको नाम सिफारिस भएको छ । छत्रेश्वरीबाट अहिलेसम्म कसैको नाम सिफारिस गरिएको छैन र सहमतिको लागि प्रयास भैरहेको माओवादी श्रोतले बताएको छ। 

सात पालिकामा सहमतिमा साथ नाम सिफारिस गरिएतापनी गठ्बन्धनको सम्भावना कायमै रहेको संयोजक पुनले बताए। प्रदेश स्तरीय संयन्त्रको बैठक जारी छ” केही निकास आउनेमा आशाबादी रहेको उनले बताए। यद्यपि माओबादी केन्द्र एक्लै निर्वाचनमा गए सिफारिस भएका ब्यक्ती हरुनै उम्मेद्बार बन्ने उनले बताए।