१६ चैत २०७८, बुधवार

प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागचौर नगरपालिका २ थारमारे,सल्यानको रजत जयन्ती वर्ष २०७८ को सन्दर्भमा संस्थाका संस्थापक कोषाध्यक्ष एवम् वर्तमान सल्लाहकार चुडामणी के.सी.संग पत्रकार लोकमान चन्दले संस्थाको समसामयिक विषयमा गरेको कुराकानी)

प्रगति सहकारी संस्था स्थापनाको क्षणलाई आजको दिनमा कसरी स्मरण गर्नुहुन्छ ?
त्यति बेला यस क्षेत्र अहिलेको जस्तो विकसितरुप थिएन । मानिसहरुको अलिअली चहलपहल भने थियो । त्यो अबस्थामा यस क्षेत्रका ब्यापारी,कर्मचारी र स्थानियहरु मिलेर २०५३ सालमा प्रगति सहकारीको स्थापना गरेका हौं । र हामी सबैको सल्लाह अनुसार छरिएर रहेको पूंजीलाई संकलन गरेर सही ठाउमा लगानी गर्नुपर्छ भन्ने उद्धेश्यले करिब २६००० हजार रुपैयाँको कोष खडा गरि यो सहकारी संस्थाको स्थापना गरेका हौं । यसरी संस्थाले प्रगति गर्दै गईरहेको अवस्थामा तत्कालिन द्धन्द्धको मारबाट यो संस्था पनि अछुतो रहन सकेन । पछि शान्ती स्थापना संगै हामीले पूर्ववत रुपमा संस्थाको सेवा संचालन गरेका हौं । सबैको साथ,समर्थन र संस्था प्रतिको विश्वासकै कारण आज संस्थाले सफलता प्राप्त गरी २५ वर्ष पुरा गर्न सफल भएकोमा प्रगति सहकारीको सफलताबाट म निकै खुसी छु ।
तत्कालीन अबस्थामा सहकारी संस्थाको आबश्यक्ता कसरी महशुस गरेर संस्था स्थापना गरिएको थियो ?
कुनैपनि काम एकल रुपमा भन्दा पनि सबैजना संगठित भएर लाग्यौं भने सफलतामा पुग्न सकिन्छ भन्ने सोचका साथ हामीले सहकारी संस्थाको स्थापना गरेका हौं । समाजमा हुने हरेक गतिविधि र विकासको अभियानमा संगै हातेमालो गर्ने उद्धेश्यका साथ पनि हामीले सहकारी संस्थाको स्थापना गर्ने सोच बनाएका हौं । सहकारीको माध्याम बाट यस क्षेत्रका आर्थिक गतिविधि अगाडी बढाई ब्यापार ब्यवसायमा समेत सहयोग पुगोस भन्न्ो हाम्रो चाहाना थियो । सोही अनुरुप हामीले संस्था गठन गर्ने निर्णय गरेका हौं ।
तत्कालीन अबस्थामा सहकारी संस्था स्थापना गर्दाको क्षण र अहिलेको संस्थाको सफलता हेर्दा यो अवस्थालाई कसरी हेर्नुहुन्छ ?
मैले ब्यक्तिगत रुपमा भन्न्ुापर्दा आफुले रोपेको विरुवाले लटरम्म फल दिएको देख्दा कसलाई खुसी हुदैन होला । आफैले दुख गरेर स्थापना गरेको संस्थाले फड्को मारेको देख्दा निकै खुसी लागेको छ । संस्था सफल हुनमा शेयर सदस्य,संचालक समिति र कर्मचारीहरुको निकै ठुलो मेहनत र सहयोग रहेको मैले पाएको छु । आगामी दिनमा पनि संस्थाले निकै प्रगति गरोस भन्ने मेरो कामना छ ।

एउटा संस्था सफल हुनको लागि के के कुरा आबश्यक पर्दो रहेछ, संस्थामा नेतृत्व गर्दै गर्दा यहाँको अनुभव कस्तो रह्यो ?
सबभन्दा त्यसमा आवद्ध व्यक्तिहरुको पनि एउटा अहम भूमिका रहन्छ । उसको नैतिकता देखि लिएर उसको ईमान्दारीता स्पष्ट हुनुपर्छ । आम मानीसलाई यी मान्छेबाट हाम्रो पूंजी नोक्सानी हुदैन भन्ने विश्वास दिलाउना सक्नुपर्छ ।त्यसपछि यनीहरुले सम्झेको र लिएको विश्वासलाई साक्षर रुपबाट हामीले कार्यन्वयनमा उर्तानु र उनीहरुको भरभरोसालाई आत्मासाथ गरेर अघि बढनुपर्छ । यो कुरा प्रगति सहकारी संग छ । यही भएर नै अहिले छोटो अवधिमै यो संस्था प्रगति पथमा गइको हो भन्ने मेरो अनुभव रहेको छ ।
ड्ड जुन उद्धेश्यका साथ संस्थाको स्थापना गर्नु भएको थियो, आज आएर त्यो उद्धेश्य पुरा भएको छ जस्तो लाग्छ यहाँलाई ?
त्यतिखेरको अवस्था हेर्दा र अहिलेको अवस्था हेर्दा शतप्रतिशत नै हामीले सफलता प्राप्त गरेका छौं । तर यही परिस्थिति र यही समाज सधैं रहीरहदैना । समाज र परिवेश पनि परिवर्तण भै रहने कुरा हो । जतिजति प्रगति हुदै गयो समाजले पनि परिवर्तण संगै आकांक्षा र आसा गरेको हुन्छ । सोही अनुसार समयको माग संगै संस्थालाई ढाल्दै लैजानुपर्छ भन्ने मेरो भनाई छ ।

आगामी दिनमा संस्थाको थप प्रगति र उचाईमा पुग्नका लागि तपाईको सुझाव के छ ?
प्रगति सहकारीले सदस्यहरुको दैनिक जीवन र ब्यवहारसंग जोडिएर काम गर्नेछ भन्ने मेरो विश्वास छ । सदस्यमुखी भएर प्रभावकारी काम गरोस र यो संस्था नाफामुखी भन्दा पनि सदस्हरुको स्तरोन्नती गर्दै सदस्यलाई टेवा पुग्ने कामलाई निरन्तरता देओस भन्न्ो मेरो सुझाव छ । आफुलाई अफ्ठेरो परेकोमा हामीलाई सहयोग गर्ने संस्था प्रगति सहकारी मात्रै हो भन्ने आम मानीसमा वुझाई होस् र यसै अनुसार काम गरोस भन्ने मेरो सल्लाह छ ।
अन्त्यमा हामी प्रगति सहकारीका सदस्यहरुलाई के भन्न चाहानुहुन्छ ?
हाल सम्म प्रगति सहकारीका कर्मचारीले गरेको मेहनत प्रति म धेरै धन्यवाद दिन चाहान्छु । आगामी दिनमा पनि संस्था प्रति अपनत्व महशुस गर्दे विगतमा झैं मेहनतका साथ काम गर्नुहुनेछ भन्ने आशा र विश्वास छ ।
–धन्यवाद ।