चैत २ सल्यान नेकपा माओवादी केन्द्र बागचौर न कमिटीको १२ वटै वडामा प्रशिक्षण कार्यक्रम गर्ने कार्य तालिका अन्तर्गत बागचौर नगरपालिकाको वडा नं. ८ कोट्मौला मा पनि चैत १ गते वडा प्रशिक्षणको कार्यक्रम सम्पन्न भएको छ ।प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य, सल्यान जिल्ला संघिय संसद तथा पुर्व सामान्य प्रशासन मन्त्री टेक ब.बस्नेत, विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर ईन्चार्ज टिकाराम वली र बागचौर नगर अध्यक्ष शोभाराम भण्डारी उपाध्यक्ष रोमु शाही लगाएत का नेताहरु बाट प्रशिक्षण दिएका थियोे । उक्त प्रशिक्षण कार्यक्रम प्रमुख अथिती टेक बहादुर बस्नेत ले माओबादी केन्द्र आगामी दिनमा अझै ससक्त रुपले लागनु पर्ने र आशन्न बैशाख ३० गते हुन लागिरहेको स्थानीय तह को चुनावमा ने क पा माओबादी केन्द्र लाई बिजय समेत बनाउन सवै वडा कमिटी र सादारण सदस्य लाई आग्रह समेत गरेका हुन्
वडा प्रशिक्षण कार्यक्रम नेकपा माओवादी केन्द्र बागचौर नगरपालिका वडा नं. ८ का वडा कमिटी अध्यक्ष दोलख बिक अध्यक्षबाट सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य बागचौर नगर कमिटी सदस्य तथा व डा नं ८ सह- ईन्चार्ज प्रकाश नेपाली ले गरेका थिए भने कार्यक्रमको सहजीकरण वडा कमिटी सदस्य केशर बस्नेत ले गरेका थिए ।