२७ फल्गुण २०७८ ।

बगेश्वरी सनातन धार्मिक स्थल उदघाटन कार्यक्रम सम्पन्न भएको छ
बागचौर नगरपालिका वडा नम्बर २ अग्ला टाकुरामा रहेको डांगीहरुको उद्घगम थलो मा राखियो सिरु डांगी जोखन कामी को मुर्ति उदघाटन गरियको छ ।
सिरु डांगी बाट नै डांगी हरुको उत्पति भयको विभिन्न खोज कर्ताहरुले बताउदै आएका छन
उक्त मुर्तिहरुको उदघाटन कार्यक्रमका प्रमुख अथिती बागचैर नगर प्रमुख लोकमान बुढाथोकी बाट गरिएको छ ।
उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले मन्दिर ब्यबस्थापनका लागी आफुले ब्यक्तिगत रुपमा भरपुर सहयोग गर्ने बताएका छन । साथै बागचौरमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने बताएका छन ।

कार्यक्रमका बिशिस्ट अथिती डांगी बन्धुका केन्द्रिय सदस्य गंगाराम डांगी रहेका थिए ।
कार्यक्रममा बोल्दै डांगीले अगला टाकुरा धार्मिक हिसाबले छुट्टै महत्त्व भएकोले यस क्षेत्रको संरक्षण गर्नुपर्ने बताएका छन रुद्र डांगीको सभा अध्यक्षमा भएको कार्यक्रमको संचालन पत्रकार बिरेन्द्र डि सी ले गरेका थिए ।