मङ्सिर २५ गते, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (मंसिर ९-२४) कार्यक्रम अन्तर्गत बागचौर नगरपालिकाको आयोजनामा अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।

जनकल्याण नमूना मावि थारमारेको सभा हलमा आयोजित नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता नगर कार्यपालिका सदस्य श्री कल्पना शर्मा र प्रमुख प्रशासकीय अधिकृत श्री रामबहादुर हमाल, २ नं. कार्यवाहक वडा अध्यक्ष श्री टोप बहादुर डि.सी., रुम टु रिड कार्यक्रम सल्यान प्रतिनिधि टेक राज शाही, स्थानीय शिक्षा समिति सदस्य द्वय डा.पूर्णबहादुर भण्डारी र नेव बहादुर वली, ईलाका प्रहरी कार्यालय थारमारे कार्यालय प्रतिनिधि, सहभागी विभिन्न विद्यालयका प्र.अ., प्रतिनिधि तथा प्रतियोगी विद्यार्थी भाइबहिनीहरुको विशेष उपस्थिति रहेको थियो ।

“घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं” (राष्ट्रिय नारा) शिर्षकमा बढीमा ५ हजार शब्दमा A4 साइजको सादा पेपरमा निबन्ध लेखन प्रतियोगिता संचालन गरिएको थियो ।।

प्रतियोगिताबाट,
प्रथम स्थान :- श्री दुर्गा सरस्वती मावि बाफुखोला
द्वितीय स्थान :- श्री शिशु कल्याण मावि हारिचार
तृतीय स्थान :- श्री सरस्वती मावि शिवरथ
चौथो स्थान :- श्री अमरज्योती मावि चौरपानी
हासिल गर्न सफल भएका छन ।

विभिन्न ८ वटा माध्यमिक विद्यालयहरुबाट ५ जना (३ जना छात्रा अनिवार्य) सहभागीता रहेको उक्त प्रतियोगितामा
प्रथम पुरस्कार रु.५०००/- (कर बाहेक खुद रकम)
द्वितीय पुरस्कार रु.३०००/- (” ” ” “)
तृतीय पुरस्कार रु.२०००/- (” ” ” “)
चौथो पुरस्कार रु.१०००/- (” ” ” “)
सहित सहभागी सबैलाई सधन्यवाद प्रमाणपत्र समेत वितरण गरिएको थियो ।