तुलसीपुर, २१ मंसिर ।
तुलसीपुरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ जितपुर ५१ यज्ञमुर्ती आचार्य तुलसीपुर-१६ लहलौरामा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । 

सोमबार दिउँसो तीन बजेतिर लहलौराको खेतमा मृत अवस्थामा फेला परेका आचार्यको शबलाई अहिले राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिएको डिएसपी अर्यालले जानकारी दिनुभयो । स्थानीयका अनुसार खेतमा अचानक बेहोस भएर ढलेपछि निधन भएको उहाँले बताउनुभयो ।